कांग्रेसको बैठक बस्दै: दवावमा देउवा - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

कांग्रेसको बैठक बस्दै: दवावमा देउवा



काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीको आधिकारिक धारणा तय गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज आइतबार बस्दैछ।

अपराह्न १ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको बैठकमा नेताहरूले प्रतिनिसभा विघटनविरुद्ध धारणा राख्ने कार्यक्रम छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिसभा विघटन गनुका साथै मध्यावधि चुनावको मिति सार्वजनिक गरेपछि सोही दिन बसेको कांग्रेस पदाधिकारी बैठकले पुस ७ गते केन्द्रीय समिति बैठक बोलाएको थियो।

त्यसयता बैठक चार दिन बसेर स्थगित भएकामा आइतबारदेखि निरन्तरता पाउने भएको हो। बैठकमा हालसम्म १५ केन्द्रीय सदस्यले धारणा राखिसकेका छन्।

कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भने पनि केन्द्रीय समितिबाट आधिकारिक धारणा आइसकेको छैन। कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको उक्त कदमविरुद्धको रिट सर्वाेच्चमा विचाराधीन रहेकाले ‘पर्ख र हेर’ को रणनीतिमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल सडक संघर्षको पक्षमा छन्।

पार्टीभित्रै आन्दोलनमा जानुपर्ने बहुमत बनेपछि सभापति देउवा दवावमा परेका छन् ।