कमरेड केपी ओली ज्यू बोल्दा सोचेर बोल्ने हो की ? - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कमरेड केपी ओली ज्यू बोल्दा सोचेर बोल्ने हो की ?



कर्ण अधिकारी।

भर्खरै आएको २०७४ सालको प्रदेश र प्रतिनिधि सभाको चुनावी नतिजा अनुसार नेकपा एमाले नेपालको पहिलो पार्टी बन्न सफल भएको छ।नेपालको राजनीति इतिहासमा नै यो चुनाव एमालेका लागि सुखद रह्यो कारण थियो बाम गठबन्धन।पार्टी एकिकरणको मूल एजेन्डा बनाएर जनता सामु प्रस्तुत भएको बाम गठबन्धनले स्थिर सरकार चलाउलानकी भनेर नेपाली जनताहरूले यिनलाई मतदान गरी विजय गराए।जति मुखले भन्न सजिलो छ व्यवहारमा देखाउन त्यतिकै गारो पनि छ।

केपी ओलीको बोलीको मिठासले नेपाली जनतालाई मन्त्र मुग्ध बनाई छाड्यो।आशा छ आउने दिनमा बाम गठबन्धनको सरकार राम्रो बनोस र जन भावना अनरूप नै काम होस तर नेपालमा कम्युनिस्ट अधिनायकबाद लादेर ५० औँ वर्ष शासन गर्छु भनेर सपना नदेख्दा नै उचित होला प्रथम र दोस्रो विश्व युद्ध पश्चात् विश्वका आधी भागमा कम्युनिस्ट शासन लागु भएकोमा आज विश्वका ५ वटा राष्ट्रमा मात्र हुनु भनेको कम्युनिस्ट शासन असफल हुँदै गएको प्रस्ट छ तर पनि नेपाल र नेपाली जनताले यस पटक कम्युनिस्ट शासन हेर्ने धोको राखे र त्यो पुरा पनि भएको छ।

बाम गठबन्धनका बारे लेख्दिन भन्यो लेख्न बाध्य भए हिजो कमरेड केपी ओलीको भाषण सुने अब युवाहरू विदेश जानु पर्दैन केही वर्षमा रोजगार नेपालमै सृजना गर्छौ र म्यान पावर कम्पनीहरू आफ्से आफ बन्द हुने छन् भनेर यिनको बिचार सही हो तर त्यो व्यवहारमा लागु हुनु पनि पर्‍यो।हावामा जे मन लाग्यो त्यही बोल्नु पनि भएननी नेपालमा वार्षिक ६ लाखको हाराहारीमा नेपालमा काम गर्न चाहने नयाँ जन शक्ति उत्पादन हुन्छ तर वर्तमान अवस्थामा जम्मा जम्मी नेपाल सरकारकार र निजी कम्पनीहरूले ३० देखि ४० हजारलाई मात्र रोजगार दिन सक्छ भने बाँकी ५ लाख ५० हजार युवा जनशक्ति बिदेशीन बाध्य छन्।वर्तमान अवस्थामा ५०/६० लाखको हारहारीमा नेपालीहरू विदेशमा कार्यरत छन् र ती बिदेशीएका नागरिकहरूले पठाएको रेमिट्यान्सबाट देश चलि रहेको छ।अब तपाईँ नै अनुमान गर्न सक्नु हुन्छ वार्षिक ६ लाख नयाँ जनशक्तिलाई रोजगार दिन देशको अवस्था कस्तो हुनु पर्ला?

कमरेड ओली ज्यू तपाईँले नेपालमा च्याउ सरी उम्रिएका मेन पावर कम्पनीमा कार्यरत रहेकाको पनि रोजी रोटी खोस्न तिर लाग्नु भो की कमिसन असुल्न हो बुझ्नै गारो भो।तपाईँ देशको राजनीति पृष्ठ भूमिमा अग्र स्थान साथै पूर्ण रूपमा देशको भूगोल र वर्तमान परीस्थिका बारेमा तर किन तपाईँ जे मनमा लाग्यो त्यही कुरा फ्याट्ट बोल्नु हुन्छ।हरेक कुरा बोल्दा बिचार पुराउन जरुरी छ तपाईँ राष्ट्रको राजनीति नेतृत्व हाक्ने व्यक्ति हुनु हुन्छ।आशा छ विगतमा तपाईँको ९ महिने कार्यकालमा तपाईँको मुखबाट निस्किएका विकासका मार्गहरूलाई क्लियर गराउनु होला।हावा बाट बिजुली,घर घरमा पाईप लाइन बाट ग्यास,नेपालीहरूलाई देशमा नै रोजगार वृद्ध भत्ता,पूर्व पश्चिम रेल मार्ग,समुन्द्रमा पानी जाहज,काठमाण्डौमा मेट्रो रेल आदी इत्यादि कुराहरूको पर्खाईमा छन् नेपाली जनताहरू।

अब नेपालमा घुन पुत्ला लागेन भने ५ वर्षका लागि तपाईँको सरकार बन्ने छ तर यति भनी रहदा तपाईँको मानसपटलमा यो कुरा पनि सृजित होस काँग्रेस हारेको छैन भनेर।अङ्क गणीतीय हिसाबमा मात्र काँग्रेस हारेको हो काँग्रेसका भोटरहरू एक रति पनि घटेका छैनन्।आफूले आफूलाई कन्ट्रोलमा राख्नु होस दम्भ र घमण्ड नगर्नु होला।