कम्युनिस्टको गठबन्धनका कारण होइन ,हामी भित्रैको कारणले हारेका हौ :महामन्त्री कोइराला - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

कम्युनिस्टको गठबन्धनका कारण होइन ,हामी भित्रैको कारणले हारेका हौ :महामन्त्री कोइराला



किशोर तामाङ/कञ्चनपुर

कञ्चनपुरको दक्षिणी भेग स्थित पुरानो सदरमुकाम बेलौरीमा एक कार्यक्रमका बिच काग्रेसको क्षेत्रीय भेला शुक्रबार सम्पन्न भएको छ ।

गोपी प्रसाद उपाध्यायको सभापतित्वमा बेलौरीमा आयोजित नेपाली काँग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनको उद्घाटन गर्न पुगेका नेपाली काँग्रेसका महामन्त्री कोइरालाले भने “चुनाव जित्न काँग्रेस बिरुद्ध मोर्चा बन्दी गरेर एमाले – माओवादी गठबन्धनले दुई तिहाईको सरकार त बनायो तर मुलुकको बिकासको योजना नभएको बताए ।

भर्खरै सम्पन्न नेपाली काँग्रेसको महासमिति भेला पछि पार्टी संगठन सुदृढीकरण अभियान अन्तर्गत पहिलो पटक बेलौरीमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले भने “कम्युनिस्ट हरुको गठबन्धनका कारण मात्रै हामी हारेका होइनौं हामी भित्रैको कारणले हामी हारेका हौं त्यसकारण हामी भित्र एकता बनाउन आबश्यक छ । ” उनले भने पार्टीलाई कसरी एक जुट बनाउने यो बाटोमा हामी लागेऔं भने काँग्रेस नम्बर वान बन्नेछ । कम्युनिस्ट सरकार संग दुई तिहाई त छ तर योजना बिहिन र स्थिरता कायम गराउनै नसक्ने बताएका छन् ।

नेपाली काँग्रेस क्षेत्रीय समितिले बेलौरीमा आयोजना गरेको सम्मेलनमा सम्बोधन गर्दै महामन्त्री कोइरालाले एकताको बिकल्प नभएको जोड दिएका थिए । उनले भने पात झर्दैमा रुख सुक्दैन जाडोमा रुखका सबै पात झर्छन तर वसन्त ऋतु संगै पालुवा पलाएर रुखमा हरियाली छाउछ त्यस्तै काँग्रेस फेरि सुदृढ बनेर आउँछ ।

आयोजित सम्मेलनलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिलेन्द्र प्रसाद बडुले भने ” दुई तिहाईको दम्भमा रहेको सरकार बिधिको शासनलाई कुल्चदै छ । नेता बडुले भने “देशको शान्ति सुरक्षा बिग्रदै गएको छ । दोषीलाई जोगाउन सरकार लागेर बिधिको शासन मिच्दै छ । यिनै कारणले बर्तमान सरकार कम्युनिस्टको अन्तिम सरकार बन्नेछ ।

नयाँ जहाज ल्याउने निर्णय गरिएको तर पुरानो जहाज खरिद गरेको छ । वाइबडी प्रकरणमा सार्वजनिक खरिद ऐनले गरेको ब्यबस्था मिचेर काम गर्दै छ ।

सम्मेलनलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका अर्का केन्द्रिय सदस्य एनपी साँवदले भने “सरकारले सामान्य प्रक्रिया समेत निर्वाह गर्न सकेको छैन घटनाका अपराधीलाई पक्रन सकेको छैन । निर्वाचन अघि स्थिरताको नारा लाउने बामपंथीले दिनै सकेनन । उनले भने” समृद्धिको कुरा गरे तर समृद्धि त्यसै आउदैन रोजगारीको अबस्था सृजना गर्नु पर्छ तर सरकारले सिन्को भाँचेन ।” सुदुरप्रदेश सरकारले प्रदेशको राजधानी तोकेको बिषयमा नेता साँवदले भने “केही जग्गा दलालको हीतमा चुरेको फेदमा राजधानी लैजाने काम गरिएको छ । काँग्रेस चुप लाग्ने छैन आन्दोलनको बिगुल बजाउने छ । ”

काँग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले भने “बिगतका उपलब्धि हरुलाई हिफाजत गर्दै संगठन सुदृढीकरण गरि पार्टी लाई एकताको लैजाने आबश्यकतामा जोड दिए ।” निर्मला हत्याकाण्ड को पर्दाफास नभए सम्म काँग्रेस चुप नलाग्ने नेता घिमिरेले बताए ।

कङ्ग्रेस केन्द्रिय सदस्य दीपक गिरीले भन्नुभयो कम्युनिस्टहरुले जनतालाई झुक्याए वाइबडी खरिदमा गरिएको भ्रष्टाचारको छानबिन गरिएन भने प्रतिपक्षीमा रही सदन र सडकमा आन्दोलन गर्न सकिने चेतावनी दिएको छ ।
नेपाली काँग्रेसले आयोजना गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन सत्रमा गोपालसिह गुरुङले सञ्चालन गरिएको थियो ।