कम्युनिष्ट एकताको खुसीयालीमा दक्षिण कोरियामा दीप प्रज्वलन - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

कम्युनिष्ट एकताको खुसीयालीमा दक्षिण कोरियामा दीप प्रज्वलन



केशव पोखरेल / दक्षिण कोरिया

गत जेठ ३ गतेमा नेपालमा दुई ठुला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भए लगत्तै ती दलका भातृ सङगठनहरू प्रवासी नेपाली मञ्च दक्षिण कोरिया र जन प्रगतिशील मञ्च दक्षिण कोरियाले संयुक्त रूपमा दक्षिण कोरियाको राजधानी सउल स्थित नेपाल हाउसमा दिपावाली मनाएका छ्न।

उक्त कार्यक्रममा बोल्दै प्रवासी नेपाली मञ्च( ओ.एन.एफ) का अध्यक्ष परशुराम सापकोटाले नेपालीले चाहेको सुखी नेपाली समृद्ध नेपालको परिकल्पनालाई बाम एकाताले शिखरमा पुराउने विश्वास लिएको बताए । उनले भने “हामी सबैलाई बधाई तथा यस  महान् कार्यलाई मुर्तरुप दिएकोमा दुई अध्यक्षहरू केपी शर्मा ओली  र पुष्प कमल दाहाल प्रचण्डलाई हार्दिक धन्यवाद”।

त्यसै गरी जन प्रगतिशील मञ्च का अध्यक्ष खगेन्द्र बुढा मगरले जहिले टुट र फुटेको राजनीति मात्र गरेकोले नेपालीले चाहेजस्तो परिवर्तन आउन नसकेको भन्दै अब बाम एकता देश निर्माणको लागि कोसेढुङा साबित हुने छ र नेपालमा रहेका अन्य कम्युनिष्टहरुपनि एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको धारणा व्यक्त गरेका थिए ।

एक आपसमा शुभकामना आदान प्रदान तथा खुसीयाली साटसाट गर्दै त्यहाँ उपस्थित दुवै सङ्गठनका नेता तथा कार्यकर्ताहरूले “हाम्रो एकता अमर रहोस्,नेपाल कम्युनिस्ट पाटी जिन्दाबाद” भन्ने जस्ता नारा हरू घन्काएका थिए । आगामी दिनमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा व्यापक छलफल तथा अन्तरक्रिया गर्नको लागि आगामी मे २७ तारिक आइतबार दुवै मञ्चको संयुक्त सचिवालय बैठक सउल मा बस्ने भन्ने निर्णय सङै उक्त कार्यक्रम सप्पन्न भएको थियो ।