देशभर चिसोले जनजिवन कष्टकर वन्दै - Himal Post Himal Post
  • २४ भाद्र २०८१, सोमबार
  •      Mon Sep 9 2024
Logo

देशभर चिसोले जनजिवन कष्टकर वन्दै



देशभर चिसो बढेसंगै जनजिवन कष्टकर वन्दै भएको छ । आज पनि तराईका अधिकांश भागमा बाक्लो हुस्सु लागेको छ ।

काठमाडौं उपत्यकामा बिहान ६ बजे हुस्सुका कारण ‘भिजिबिलिटी’ ५० मिटरमात्र रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।त्यसैगरी पूर्वी, मध्य तथा पश्चिम तराईमा पनि बाक्लो हुस्सु लागेको छ ।

पूर्वी क्षेत्रमा आंशिक बदली हुने तथा पश्चिम तराईमा दिनभर हुस्सु लाग्ने पनि महाशाखाले जनाएको छ । मध्य तथा पूर्वी तराईमा भने दिउँसो हुस्सु हट्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जनाकारी दिनुभएको छ ।तराई क्षेत्रमा केही दिनदेखि हुस्सुका कारण जनजीवन प्रभावित हुँदै आएको छ ।

हुस्सुका कारण आलु, टमाटरजस्ता तरकारी बालीमा नोक्सान भइरहेको कृषकको गुनासो छ ।