ओली प्रचण्डको छलफल जारी, 'ब्रेक थ्रु' हुन सक्ने - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

ओली प्रचण्डको छलफल जारी, ‘ब्रेक थ्रु’ हुन सक्ने



काठमाडौं– प्रचण्ड सुकेटेबाट सिधै बालुवाटार हानिएपछी आज निर्णायक बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवासमै वार्ता बसिरहेका छन्।

आज हुने बार्तामा केहि ब्रेक थ्रु हुने सम्भावना भएको एक नेताले बताएका छन् । यस अघि माओबादी पक्ष एमाले पक्षका नेताबीच आरोप प्रत्यारोप भैरहेको छ ।

वार्ता साढे १० बजेदेखि सुरु भएको बालुवाटार स्रोतले जनाएको छ।

पार्टी एकताको विषयमा पछिल्लो समय देखिएको असमझदारी हटाउन दुई अध्यक्षबीच छलफल हुने ओली निकटका एक नेताले बताए। पार्टी एकता गर्ने भनेर सार्वजनिक गरिएको मिति नजिकिँदै जाँदा असमझदारी देखिन थालेपछि अध्यक्षहरु नै बसेर विवादका विषय टुंगो लगाउने प्रयत्न गरेका हुन्।