कक्षा ८ को परीक्षा स्थानीय तहले नै गर्नुपर्ने - Himal Post Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

कक्षा ८ को परीक्षा स्थानीय तहले नै गर्नुपर्ने



ललित जाग्री

शिक्षा विभागले आधारभूत तह कक्षा ८ सम्मको परीक्षा सम्बन्धी सम्पूर्ण काम स्थानीय तहले नै गर्नुपर्ने स्पष्ट पारेको छ । विभागका महानिर्देशक बाबुराम पौडेलले शिक्षा कार्यालयले सहजिकरण गरे पनि प्रमाणिकरण तथा प्रमाण पत्र वितरण भने स्थानीय तहले नै गर्नुपर्ने बताएका हुन। कक्षा ८ को परीक्षा सञ्चालनमा केही स्थानीय तहले सञ्चालन गर्न नसक्ने बताए पछि विभागले जिल्ला शिक्षा कार्यालयहरूमा स्थानीय तहले नै गर्नुपर्ने भन्दै परिपत्र गरेको हो ।

विभागले परीक्षा सञ्चालनमा जिल्ला शिक्षा कार्यालयको सहयोग लिन सक्ने भए पनि जिम्मेवारी भने स्थानीय तहले नै लिनुपर्ने स्पष्ट पारिसकेको छ । मुलुक सङ्घीय संरचनामा गर्इ सकेको अवस्थामा आधारभूत तह सञ्चालनको जिम्मेवारी सँगै विद्यालय सम्बन्धी २३ वटा अधिकार स्थानीय तहलाई प्रदान गरिसकिएको छ ।