सीके राउत पनि प्रचण्ड जस्तै रहेछन : प्रधानमन्त्री - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

सीके राउत पनि प्रचण्ड जस्तै रहेछन : प्रधानमन्त्री



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक निर्णय लिने क्षमताको आधारमा आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल पचण्ड र स्वतन्त्र मधेस गठवन्धनका संयोजक सीके रातउमा केही समानता रहेको बताएका छन् ।

सरकार र डा. राउतबीच भएको सम्झौता घोषणा गर्न शुक्रवार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्डमा जस्तै असाधारण क्षमता सीके राउतमा पनि देखेको बताए ।

‘एउटा असाधारण क्षमता सीके राउतजीमा देखे जुन प्रचण्डजीमा देखेको थिए,’ प्रधानमन्त्री ओलीले भने, ‘हतियार उठाउने, युद्ध गर्ने, युद्ध विराम, संसदमा सहभागिता, संविधान निर्माणमा अगुवायी, एमाले र माओवादीबीचको एकता गर्ने कुरामा जो सुकैले, सानो मुटु सानो हिम्मतले सक्दैन । उहाँ (प्रचण्ड)मा त्यो निर्णय क्षमता देखे । त्यस्तै छाँटकाँट सीके राउतजीमा पनि देखेँ ।’