जेलबाट छुटेपछि सीके राउतलाई सरकारले दियो सुरक्षागार्ड - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

जेलबाट छुटेपछि सीके राउतलाई सरकारले दियो सुरक्षागार्ड



काठमाडौं: विभिन्न जिल्लामा राज्य विप्लवको मुद्दा खेपिरहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउत थुनामुक्त भएका छन्।

पछिल्लो पटक रौतहट जिल्ला अदालत परिसरबाट पक्राउ परेका राउत सर्वोच्च अदालतको आदेशमा करिब पाँच महिनापछि रिहा भएका हुन्।

बिहीबार साँझ सुनधारास्थित सेन्ट्रल जेलबाट उनी रिहा भएको डा.राउतका दाई जेके राउतले जानकारी दिएका छन्। यसैबीच डा.राउतलाई सरकारको तर्फबाट सुरक्षाकर्मी उपलब्ध गराइएको छ।

डा.राउतमाथि सुरक्षा चुनौती रहेको भन्दै एक जना सुरक्षाकर्मी उपलब्ध गराइएको हो।