सीके राउतलाई अब के गर्ला सरकारले ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

सीके राउतलाई अब के गर्ला सरकारले ?



विखण्डनकारी राजनीति छोडेको भन्दै सरकारसँग ११ बुँदे सहमति गरेको पर्सिपल्टै सीके राउत स्वतन्त्र मधेश माग्दै आयोजना गरिएको र्यालीमा सहभागी भएका छन्।

सरकारसँग भएको सहमति को ६ नम्बर बुँदामा संविधानको व्यवस्था र सहमतिलाई प्रतिकूल हुने प्रचार सामग्री प्रयोग गर्न बन्देज लगाइएको छ।

तर, उनको स्वागतमा आइतबार जनकपुरमा समर्थकले फ्रि मधेश लेखिएका झण्डासहित ¥याली निकाले भने स्वतन्त्र मधेशको पक्षमा चर्को नारावाजीसमेत गरे। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

राउतको सुरक्षाका लागि भन्दै छुट्टै दस्तासमेत विमानस्थलमा खटिएको थियो। मुखमा माक्स लगाएका, छाउको छोपिने गरी झण्डा बेरेका र छातीमा सुरक्षाकर्मीकै जस्तो ज्याकेट भिरेका उनीहरु विमानस्थलको बाहिरी परिसरमा बसेका थिए।

आफैँले हस्ताक्षर गरेको सम्झौता उल्लंघन गर्दै कार्यकर्ताले प्रयोग गरेको झण्डा र नाराबाजीबारे भने राउतले कुनै प्रतिक्रिया दिएनन्।

राउतले सरकारसँग गरेको सहमति उलंघन गरेको भन्दै प्रदेश २ सरकारका कानुनमन्त्री ज्ञानेन्द्र यादवले आपत्ति जनाएका छन्।

‘राउत अब मूल धारको राजनीतिमा आएका छन्,’ मन्त्री यादवले भने, ‘सरकारसँग गरेको सम्झौता पालना गर्नुपर्छ।’