राज्य विरुद्धको संगठित अपराध मुद्दामा पक्राउ परेका सिके राउत पुर्पक्षका लागि जेल चलान - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

राज्य विरुद्धको संगठित अपराध मुद्दामा पक्राउ परेका सिके राउत पुर्पक्षका लागि जेल चलान



काठमाडौं। सीके राउतलाई जेल चलान गरिएको छ । राज्य विरुद्धको संगठित अपराध मुद्दामा पक्राउ परेका राउतलाई जिल्ला अदालत, रौतहटले बिहीबार (आज) पुर्पक्षका लागि जेल चलान गरिएको हो ।

प्रदेश नं. २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरिबहादुर पालले जानकारी गराए अनुसार अदालतको आदेशपछि राउतलाई जिल्ला कारागारमा चलान गरिएको हो

सीके राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरण रिटसर्वोच्चले खारेज गरेपछि पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । गत असोज २१ गते राउत रौतहटबाट पक्राउ परेका थिए ।