सीके राउत नेकपामा प्रवेश गर्लान त ? - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

सीके राउत नेकपामा प्रवेश गर्लान त ?



सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा प्रवेश गरेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत मधेशतर्फ लागेका छन्।

सर्वोच्च अदालतको आदेशमा बिहीबार उनी पछिल्लो ५ महिने जेल बसाईबाट रिहा भएका थिए।

सहमतीको भोलीपल्टै उनी आफ्नो मागमा सरकार सहमत भएको भन्दै मधेश हान्निएका हुन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा नवीन झाले लेखेका छन्।

अब उनको योजना के छ ? सुरक्षा निकायदेखि राजनीतिक कार्यकर्ता र आमजनता सबैको चासो छ। कतिपयले राउत नेकपामै प्रवेश गर्ने चर्चा गरेका छन् भने केहीले मधेश दल बनाउने विश्लेषण गरिरहेका छन्।

उनी मधेश केन्द्रीत दलसँगै मिल्न सक्ने अनुमान पनि धेरैको छ।

‘सहमतीपछि संगठनका मुख्य व्यक्ति र शुभचिन्तकसमक्ष समीक्षा बैठक भयो,’ गठबन्धनक सहसंयोजक कैलाश महतोले भने, ‘सरकारसँग भएको ११ बुँदे सहमतीमै टेकरेर अघि वढ्ने कुरा भएको छ। हामी केही दिनमै औपचारिक बैठक गर्नेछौँ।’