सीके राउतका कार्यकर्ता र प्रहरीबीच भिडन्त - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

सीके राउतका कार्यकर्ता र प्रहरीबीच भिडन्त



काठमाडौँ- राष्ट्रिय सभाको निर्वाचनका क्रममा जनकपुरस्थित मतदानस्थल नजिक जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

मधेश प्रदेशमा मतदानस्थल वरिपरि सुरक्षा व्यवस्था कडा बनाइएको भए पनि बिहानैदेखि सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेपछि झडप भएको हो।

जनकपुरधामस्थित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा रहेको मतदानस्थिलभित्र जनमत पार्टीका कार्यकर्ता बाँसको भाँटा लिएर छिर्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ। प्रहरीले केही राउन्ड अश्रु ग्यास प्रहार गरेर भीडलाई तितरबितर गरेको छ।

झडपपछि मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्।

जनकपुरधामका विभिन्न चोकमा जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन्। उनीहरूले नाराबाजी गरिरहेका छन्।