सीके राउतसँगको सहमतिमा वामदेव र नारायणकाजीको गम्भीर आपत्ति - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

सीके राउतसँगको सहमतिमा वामदेव र नारायणकाजीको गम्भीर आपत्ति



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ ।

स्वतन्त्र मधेश गठवन्धनका संयोजक सीके राउतसँग सरकारले गरेको सहमतिलाई अनुमोदन गर्न बसको सचिबालय बैठक सकिएको हो ।

सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट राउतले हस्ताक्षर गरेको १० बुँदे सम्झौतालाई बैठकमा प्रस्तुत गरिएको थियो ।

‘पृथकतावाद छोडेर राष्ट्रिय अखण्डता कायम गर्न हामी सम्झौता गछौं’ भन्ने भाषा प्रयोग गरि गरिएको सम्झौताप्रति नेकपा सचिवालय बैठकमा सहमति जुट्न सकेन ।

सचिवालय सदस्यहरु वामदेव गौतम र प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले राउतसँग गरिएको सम्झौताको भाषामा आपत्ति जनाएको स्रोतले जानकारी दियो ।
‘यो सरकारसँगको सम्झौता हो, यसलाई पार्टी स्वीकार गर्न सक्दैन’ गौतम र श्रेष्ठले सचिवालय बैठकमा भने ।

सम्झौता दुई देशको जस्तो गरी भएको र सीके राउतको प्रतिवद्धता कतै नदेखिएको मा गौतम र श्रेष्ठको आपत्ति थियो ।