सिके राउतको भन्दा केपी ओलीको रुप डरलाग्दो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बिखण्डनकारी सिके राउतबारे चर्चा परिचर्चा चुलिएको छ । शुक्रबार सरकार र राउतबीच भएको ११ बुँदे सहमतिपछि ओली र राउतलाई तुलना गर्न थालिएको हो ।
ओली र राउत दुवै एकै सिक्काका दुई पाटा भनी नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले गत वर्षको चुनावकै क्रममा भनेका थिए ।
उनको त्यो भनाइ अहिले मिल्दै आएको छ । डेढ वर्षअघि तत्कालीन रक्षामन्त्री खाँडले ओली र राउतबारे भनेको त्यो भनाइ गत शुक्रबारको सहमतिले पुष्टि गरेको हो ।
निर्वाचन परिचालन समितिका संयोजक रहेका बेलामा खाँडले ललितपुरको गोटीखेलमा आयोजित चुनावी सभामा ओलीको पहाडे राष्ट्रवाद र राउतको मधेशी राष्ट्रवाद दुवै राष्ट्रका लागि खतरनाक भएको बताएका थिए ।
खाँडको त्यो बेलामा तर्क थियो – बाहिर राष्ट्रवादी कुरा गरे पनि जनतामा उत्तेजना फैलाउने र मधेशलाई अशान्त राखिरहने योजनामा सिके राउत र केपी ओलीले सहकार्य गरिरहेका छन् ।’
खाँडले भनेका थिए, ‘मधेश छुट्टै देश हो भन्ने सिके राउत र मधेश नेपाल होइन भन्ने केपी ओली दुवै एकै ठाउँबाट परिचालित छन् जनताले यी दुवैलाई परास्त गर्नुपर्छ ।’
खाँडले त्यतिबेला भनेका कुराहरुको सत्यता शुक्रबार भएको ११ बुँदे सहमतिले स्पष्ट पारिसकेको दावी नेपाली राजनीतिक वृत्तमा भइरहेको छ ।
यदि ओली र राउत एकै हुन् भने सरकारकै नेतृत्व गरिरहेकाले राउतभन्दा देशका लागि ओली नै खतरा त बन्दै छैनन् ?
प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा यसलाई पुष्टि गर्नुपर्ने बेला भएको छ । शुक्रबार भएको सहमतिपछि राउतले फेसबुकमा बिखण्डनको कुरा गर्नु र ओलीले त्यसबारे अहिलेसम्म प्रतिक्रिया नदिनुले पनि शंकालाई मलजल गरेको छ ।