सीके राउतका कार्यकर्तामाथि गोली चल्यो, आठ घाइते - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

सीके राउतका कार्यकर्तामाथि गोली चल्यो, आठ घाइते



जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले रबरको गोली चलाएको छ। पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर आन्दोलन गरिरहेका कार्यकर्तामाथि प्रहरीले ११ राउण्ड गोली चलाएको हो।

गोली लागेर चार जना आन्दोलनकारी घाइते भएका प्रहरीले जनाएको छ। आन्दोलनकारीको ढुंगामुढाबाट २ जना प्रहरी र २ जना सशस्त्र प्रहरी पनि घाइते भएका छन्।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतका अनुसार स्थिति नियन्त्रणमा लिन ११ राउण्ड रबर बुलेट, १६ सेल अश्रुग्यास प्रहार गरिएको थियो। गोली चलेपछि आन्दोलनकारीहरू तितरबितर भएका छन्।

सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको किसान आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच धनुषाको पोर्ताहामा झडप भएको हो।