सिके राउतले बोलाए बैठक : अब के होला ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सिके राउतले बोलाए बैठक : अब के होला ?



काठमाडौं । सरकारसँग यही फागुन २४ गते ११ बुँदे सहमति गरेका स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउतले यही चैत ४ र ५ (आगामी सोमबार र मंगलबार) गते राष्ट्रिय परिषद् बैठक डाकेका छन् ।

उनले विहीबार ट्विट गर्दै सो कुरा जनाएका हुन् । उनका अनुसार बैठक जनकपुरमा हुनेछ । सरकारसँग सहमति भएपछि पनि स्वतन्त्र मधेसको नारा उनका कार्यकर्ताले लगाएको भन्दै सर्वत्र आलोचना भइरहेकै बेलामा राउतले आफ्नो संगठनको बैठक डाकेका हुन् ।

उनको संगठनले के निर्णय गर्ला भन्ने सर्वत्र चासो उत्पन्न भइरहेको छ ।