गुण्डागर्दी र साईबर अपराधविरुद्ध सशक्त कारवाही गरिने : महानिरीक्षक खनाल
काठमाडौं– गुण्डागर्दी र साईबर अपराधविरुद्ध सशक्त कारवाही गरिने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन् । प्रहरी महानिरीक्षक नियुक्त भएको करिब साढे दुई महिनापछि बिहिबार प्रहरी हेड्क्वार्टरमा पहिलो पत्रकार सम्मेलन गर्दै खनालले आफुले १० वटा प्राथमिकता निर्धारण गरेर काम शुरु गरेको जानकारी दिए ।
उनले भने, ‘गुण्डागर्दी र साईबर अपराधविरुद्ध सशक्त कारबाही अगाडि बढाउँछौं साईबर अपराधका कारण समाजमा धेरै असर पुगेको छ ।’ साईबर अपराध नियन्त्रणका लागि प्रहरीभित्र छुट्टै संरचना निर्माण गर्न लागिएको खनालले बताए । उनका अनुसार साईबर अपराध नियन्त्रणका लागी साईबर सेल र मानव बेचविखन नियन्त्रणका लागी छुट्टै एन्टी ट्राफिक सेल स्थापना गर्ने काम शुरु भैसकेको छ ।