सीआईबीले बाटो बिरायो ! - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

सीआईबीले बाटो बिरायो !



नेपाल प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले बेलाबेला बाटो बिराउने गरेको छ।

सही अनुसन्धानकर्मी नपर्दा सीआईबीको भूमिकाबाट अपराधी उम्काउन चाहनेलाई नै सहयोग पुगेको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुवास गोतामेले लेखेका छन्।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा यस्तै भएको छ। सीआईबी टोलीले हचुवाका आधारमा प्रारम्भिक निर्णय दिएको पाइएको छ।

निर्मला हत्या घटनामा सीआईबीका डिएसपी अंगुर जीसी घटनास्थलमा खटिएका थिए।