सीआईबीको निगरानीमा छन् क्रिप्टोकरेन्सी कारोबार गर्नेहरू - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

सीआईबीको निगरानीमा छन् क्रिप्टोकरेन्सी कारोबार गर्नेहरू



काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपालमा क्रिप्टोकरेन्सी, हाइपरफन्ड तथा डिजिटल नेटवर्किङको कारोबार गर्नेको निगरानी भइरहेको जनाएको छ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ब्यूरोले यस्तो कारोबार गर्ने र व्यवसाय सञ्चालन गर्नेमाथि कारबाही अघि बढाउने चेतावनी दिएको हो।

ब्यूरोले क्रिप्टोकरेन्सी, हाइपरफन्ड तथा डिजिटल नेटवर्किङको कारोबार गैरकानूनी भएकाले यसमा संलग्न व्यक्ति र संस्थाको जानकारी दिन पनि अनुरोध गरेको छ। यसअघि ब्यूरोले क्रिप्टोकरेन्सीको कारोबारमा संलग्नमाथि कारबाही गरेको थियो।

नेपाल राष्ट्र ब्यांक ऐन २०५८ ले संलग्न व्यक्तिको बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय र बिगो कायम गर्न नसकिने अवस्थामा कसूरको मात्रा हेरी बढीमा रु.१० लाखसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था गरेको ब्यूरोले विज्ञप्तिमा उल्लेख गरेको छ।

यसअघि राष्ट्र ब्यांकले पनि क्रिप्टोकरेन्सीको कारोबारमा नलाग्न आग्रह गरेको थियो। यसमा संलग्न व्यक्तिलाई कानूनी कारबाही हुने जनाउँदै सचेत गराएको थियो।