चुइङ्गम निल्दा के हुन्छ ? यस्तो छ वास्तविकता - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

चुइङ्गम निल्दा के हुन्छ ? यस्तो छ वास्तविकता



सामान्यतया: बालबालिकालाई चुइङ्गम खान दिइँदैन । यसको मुख्य कारण भनेको उनीहरूले निल्छन् भन्ने डर नै हो । किनकि चुङ्गम निल्यो भने स्वास्थ्यमा असर गर्छ भन्ने मान्यता छ ।

यो धेरै हदसम्म सही पनि छ । तर, झुक्किएर निलिहाल्नुभयो भने पनि आत्तिइ हाल्नु पर्ने अवस्था भने छैन । नयाँ अध्ययनअनुसार भने चुइङ्गम निल्नेका लागि खुसीको कुरा छ । चुइङ्गम पेटमा पुग्यो भने पच्छ । अनि त्यसले हाम्रो स्मरणशक्ति पनि बढाउँछ ।

अध्ययनअनुसार, हाम्रो पाचनप्रणालीमा भएका एसिड र एन्जाइमहरूले यसलाई पचाउन मद्दत गर्छन् तर, यसको पाचनमा भने बढी समय लाग्छ । यो व्यक्तिको पाचनप्रणालीमा पनि निर्भर गर्छ ।

कसैको पाचन प्रणाली कमजोर छ भने धेरै समय लाग्न सक्छ त्यसैले जानीजानी चुइङ्गम ननिल्नुस् । झुक्किएर निल्नु भयो भने आत्तिनु पर्दैन ।