चुनावको घोषणा गर्न देउवामाथि राष्ट्रपति भण्डारीको दवाव - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

चुनावको घोषणा गर्न देउवामाथि राष्ट्रपति भण्डारीको दवाव



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचन समयमै गर्नुपर्नेमा जोड दिएकी छिन् । उनले आज शितलनिवासमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई समयमै निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयनमा जोड दिएकी हुन् ।

राष्ट्रपति निकट स्रोतका अनुसार भण्डारीले चुनावको मिति घोषणा गरी सिफरिश गर्न ढिलाई नगर्न आग्रह गरेकी छिन् । उनले समयमै निर्वाचन नगरे संवैधानिक संकट आउनसक्नेतर्फ समेत सचेत गराएकी छिन् । संविधानले जनप्रतिनिधिविहिनको अवस्था परिकल्पना नगरेको भन्दै वैशाखभित्र स्थानीय निकायको र मंसिरभित्र प्रतिनिधि सभा र प्रदेशहरुको चुनाव गर्नुपर्नेमा जोड दिएको बुझिएको छ ।

राष्ट्रपतिसँग परामर्श गर्न पुगेका देउवाले आफूले सत्ता गठबन्धनका दलहरुसँग यसबारे छलफल गरिरहेको जवाफ दिएका थिए । उनले संविधानको पूर्ण कार्यान्वयनमा आफू प्रतिवद्ध भएको समेत बताएका थिए । देउवाले कानूनविदहरुसँग परामर्श गरी सरकार अगाडि बढ्ने बताएका थिए ।
भण्डारी र देउवाबीच एक घन्टा छलफल भएको थियो । दुवैले राजनीतिक घटनाक्रमबारे समेत छलफल गरेको बुझिएको छ ।