आउने चुनावमा तरङ्ग ल्याउँछौँ - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

आउने चुनावमा तरङ्ग ल्याउँछौँ



काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको आज भइरहेको चुनावमा गठबन्धनले सबै सिट जितेर नेपाली राजनीतिमा तरंग ल्याउने दाबी गरेका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा पार्टी प्रवेश गरेकाहरूलाई स्वागत गर्दै नेता नेपालले आफूहरूको जितले राजनीतिमा तरंग पैदा हुने ब ताएका हुन्। राष्ट्रियसभाको चुनावको परिणामले अन्य चुनावमा प्रभाव पार्ने उनले बताए।

‘संविधानलाई सर्वोपरी राखेर कानुनअनुसार नै चुनाव हुनुपर्छ भन्नेमा हामी दृढ छौं। त्यसैले सबै चुनाव एकैपटक गर्नसक्दा राम्रो हुनेछ,’ उनले भने।

उनले एउटा चुनाव गराउन पाँच अर्ब खर्च हुने भएकाले तीन वटै चुनाव एकैसँग गराउन सके ठूलो खर्च जोगिने बताए।