'चुनावमा जान खुट्टा कमाउनेले नैतिकता सिकाएको सुहाएन ?' - Himal Post Himal Post
  • १० फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 22 2026
Logo

‘चुनावमा जान खुट्टा कमाउनेले नैतिकता सिकाएको सुहाएन ?’



काठमाडौं- नेकपा एमालेका सांसद् खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन डराउनेले नैतिकता सिकाएको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओली निकट सांसद् अधिकारीले चुनावमा जान खुट्टा कमाउनेले प्रधानमन्त्री ओलीलाई नैतिकता सिकाउन उपयुक्त नहुने बताए।

‘अविश्वासको प्रस्ताव ल्याएपछि फेल हुन्छ भन्ने डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने, ठाउँ ठाउँमा गएर नेकपाको मलामी जाने कोही भएनन् भन्ने अनि नेकपा एमालेदेखि सातो जाने, चुनावमा जान खुट्टा कमाउने लोकतन्त्रको दुङदुङी बजाउने अनि नैतिकता कता गयो,’ उनले भने।

प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठ्दै आएको छ। विशेषगरी माओवादी केन्द्रले ओलीले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुपर्ने बताउँदै आएको छ। माओवादी केन्द्रले अहिलेसम्म सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छैन।