जेठ ४ गते एकै चरणमा चुनाव हुने, प्रधानमन्त्री र आयोगबीच भयो यस्तो सहमति - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

जेठ ४ गते एकै चरणमा चुनाव हुने, प्रधानमन्त्री र आयोगबीच भयो यस्तो सहमति



काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच सहमति भएको छ । सहमति अनुसार स्थानीय तहको चुनाव आगामी जेठ ४ गते एकैचरणमा हुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया नेतृत्वको टोलीबीच भएको छलफलमा जेठ ४ गते एकैचरणमा चुनाव गर्ने सहमति जुटेको हो ।

छलफलपछि प्रधानमन्त्री देउवाले एकैचरणमा चुनाव गर्ने गरी तयारी थाल्न आयोगलाई निर्देशन दिएका छन् ।