पाँच लाख कर्मचारी, सुरक्षाकर्मी मतदानबाट वञ्चित
काठमाडौं, कात्तिक १२ ।
आसन्न प्रदेश र प्रतिनिधिसभा निर्बाचनको काममा खटिने चार लाख ९२ हजार कर्मचारी र सुरक्षाकर्मी मतदान गर्ने अवसरबाट बञ्चित हुने भएका छन् ।
निर्बाचन आयोगले सरकारी कर्मचारी, सुरक्षाकर्मीका लागि अस्थायी मतदाता नामावलीको व्यवस्था गर्ने, नगर्नेबारे अन्तिम निर्णय भने गरिसकेको छैन्
प्रदेश र प्रतिनिधीसभाको मतपत्र एउटै भएका कारण अस्थायी मतदाता नामावलीको व्यवस्था गर्न सम्भव नभएको आयोगका एक आयुक्तले जानकारी दिए । उनका अनुसार फरक फरक प्रदेशबाट मतदान गर्नुपर्ने अवस्थामा प्रदेश सभाको समानुपातिकको मतमा समस्या हुन्छ । -नयाँ पत्रिका दैनिकबाट