मानहानीको मुद्दामा क्रिस गेलले ३ लाख डलर क्षतिपूर्ति पाउने - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

मानहानीको मुद्दामा क्रिस गेलले ३ लाख डलर क्षतिपूर्ति पाउने



एजेन्सी – वेस्टइन्डिजका ओपनर तथा विष्फोटक ब्याट्सम्यान क्रिस गेलले ३ लाख अमेरिकी डलर क्षतिपूर्ति पाउने भएका छन् ।

गेलले गत वर्ष फेयरफ्याक्स मिडियाले दायर गरेको महिला उत्पीडनसम्बन्धी मानहानी मुद्दामा सफाइ पाएका थिए । त्यसै बेला अस्ट्रेलिया अदालतले गेललाई आरोप लगाउने फेयरफ्याक्स मिडियालाई ३ लाख अमेरिकी डलर क्षतिपूर्ति दिन आदेश दिएको थियो । फेयरफ्याक्स मिडियाले उक्त रकम तिर्न नपर्ने भनि गरेको अपील अस्ट्रेलिया अदालतले मङ्गलबार खारेज गरेपछि उक्त क्षतिपूर्ति पाउने भएका हुन् ।

उक्त मिडियाले सन् २०१५ मा एक महिलालाई उदृत गर्दै २०१५ को विश्वकपका बेला सिड्नीमा मालिशिया नामकी महिला अगाडि कपडा खोलेको गम्भीर आरोप लगाएको थियो । फेयर फ्याक्स मिडियाले यसै विषयलाई लिएर निरन्तर समाचार सम्प्रेषण गरेपछि गेलले सन् २०१६ उक्त मिडियाविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।