यी हुन् प्रेस कार्ड बोकेर चोर्न हिड्ने दुई जना - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

यी हुन् प्रेस कार्ड बोकेर चोर्न हिड्ने दुई जना



काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौंमा लकडाउनको समयमा प्रेस कार्ड बोकेर चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त गौशालाले मंगलबार चाबहिल भत्केको पुलबाट सुनसरी इटहरीका धुम्वाराही बस्दै आएका आश्रय रिजाल र बारा बड्की फूलबारीका ओमबहाल बस्दै आएका अलि आलम मियालाई पक्राउ गरेको हो।

उनीहरुले ०७६ चैत ३ गते काठमाडौं महानगर ९ सिनामंगलस्थित बोइज होस्टलबाट ४ थान ल्यापटप तथा चैत २४ गते भत्केको पुलस्थित डा. सुबिन मानन्धरको एप्पल म्याक बुक प्रो ल्यापटप र एप्पल आईप्याड चोरी गरेका थिए।

उक्त घटनामा प्रहरीले सीसीटीभी फुटेज अध्ययन गरी पक्राउ गर्न सफल भएको हो। सीसीटीभीमा देखिएको एभेन्जर बाइक पहिल्याएर सोही आधारमा खानतलासी गर्दा उनीहरुको साथबाट ल्यापटप, क्यानन क्यामरा, ५३ हजार रुपैयाँ, ३ सय अमेरिकी डलर, २ सय चिनियाँ युआन र धारिलो हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल र एक टेलिभिजनको प्रेसकार्ड समेत बरामद भएको प्रहरीले बुधबार जनाएको छ।