चोरी शिकार नियन्त्रण सम्बन्धि सचेतिकरण कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

चोरी शिकार नियन्त्रण सम्बन्धि सचेतिकरण कार्यक्रम सम्पन्न



हिमाल पोस्ट / सुखड ,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिकाको वडा नं ३ मा समुदायमा आधारित चोरि शिकार नियन्त्रण इकाई माफर्त स्थलगत संरक्षण सम्बन्धि सचेतिकरण कार्यक्रम
सम्पन्न भएको छ ।

कार्यक्रम सामुदायिक बन समन्वय समिती पहलमानपुरको आयोजना र तराई भु -परिधी कार्यक्रम कोहलपुर बाके सहयोगमा भएको थियो ।

सचेतिकरण गोष्ठी थ्राहा सामुदायिक वनका अध्यक्ष शिव प्रसाद चौधरीको सभापतित्वमा भएको कार्यक्रममा , प्रमुख अथितीको आसनबाट बोल्दै सब डिभिजन बन कार्यलय सुखडका समीर थापाले सामुदायिक बन ऎन सम्बन्धि जानकारी , अतिक्रमण गरेमा , काठ ओसारपसार गरेमा , जैविक विविधता संरक्षण र सदुपयोग , चोरी सिकारी नियन्त्रणमा स्थानीय उपभोक्ताहरुको के कस्तो भुमिका रहेने भन्ने कुरा बताएका थिए । कार्यक्रममा नेपाल पंक्षी संरक्षण सघं फिल्ड सहजकर्ता हिरुलाल डगौराले जैविक बिबिधता र चराको महत्वको बारेमा बताएका थिए । साथै डगौराले समुदायमा हुने चाेरि सिकार नियन्त्रण लाई न्युनिकरण तथा राेकथाम गर्नका लागि सामुदायिक बनको भुमिका के के छन् भन्ने बारेमा समेत बताएका थिए ।

सामुदायिक बन समन्वय समितिका अध्यक्ष पुस्कल बमले समुदायमा हुने चाेरि सिकार नियन्त्रण लाई न्युनिकरण तथा राेकथाम गर्नका लागि यस समुदायमा अाधारित चाेरि िशकार नियन्त्रण ईकाई मार्फत स्थलगत संरक्षण सम्बन्धि सचेतिकरण कार्यक्रम मार्फत वन एेन नियम दण्ड जरिमाना जैविक विविधता संरक्षण गर्ने बताएका थिए ।