छोराको जन्मदिनमा साहरा घरलाई सहयोग - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

छोराको जन्मदिनमा साहरा घरलाई सहयोग



राजेन्द्र रावल / बौनिया,कैलाली । 
बर्दगोरिया गाउपालिका वडा नं. १ का कमल कुवरले आफ्ना जेठा छोरा एलेक्स कुवर ८ बर्ष पूरा गरी ९ औ बर्ष प्रवेस गरेको अवसरमा बर्दगोरिया गाउपालिका २ बर्दगोरियामा रहेको साहरा घरलाई खाद्यान्न सहयोग गरेका छन् ।

कुवरले आफ्ना छोराको जन्म दिनको अवसर पारेर साहरा घरमा १ कट्टा चामल,२ वेटी चाउचाउ,१ पेटी बिस्कुट र १० लीटेर खाने तेल सहयोग गरेका हुन् । कुवरले आफ्नो विगत देखी नै साहरा घरलाई सहयोग गर्ने चाहाना रहेको कुरा वताउदै यो सुरुवात भएको र अव यसले निरन्तरता पाउने कुरा वताएका छन् ।

असाहयका लागी सहयोगी हातहरु नेपाल द्धारा बर्दगोरियामा सञ्चालनमा रहेको साहरा घरमा हाल २८ जनालाई आफुहरुले साहारा दिइरहेको साहरा घरको सञ्चालक बल बहादुर बिष्टले जानकारी दिनु भएको छ । कुवर बर्दगोरिया १ बौनियाका व्यापारी समेत हुन् ।