चोलेन्द्रलाई तिर हान्दा एमालेलाई किन दुख्यो ? - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

चोलेन्द्रलाई तिर हान्दा एमालेलाई किन दुख्यो ?



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावलाई ‘शान्त प्रतिपक्षमाथि ढुंगा हानेको’ रूपमा अर्थ्याएका छन् ।

रिमालले सामाजिक सञ्जाल ट्विटरमार्फत ‘सत्ता गठबन्धनका दलले एमालेविरुद्ध हानेको ढुंगा सर्वोच्चमा बज्रिएको’ उल्लेख गरेका छन् ।

“गठबन्धन’ नामको ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ । “ढुंगा सर्वोच्चमा बज्रिएको छ,” उपमहासचिव रिमालले भनेका छन्, “भनिन्छ नि– फर इन एभ्रि एक्सन, दिएर आएन इक्वेल एन्ड अपोजिट रियाक्सन ।”

उनले न्युटनको चालसम्बन्धी तेस्रो नियम उद्धृत गरेर त्यस्तै जवाफ दिने बताएका छन् । तर, त्यो जवाफ कस्तो हुन्छ भन्ने विषय भने उल्लेख गरेका छैनन् ।

प्रधानन्यायाधीशविरुद्धको महाअभियोगलाई एमालेविरुद्ध अर्थ्याएका रिमालले थप भनेका छन्, “हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नि ?”