प्रधानन्यायाधीशको नयाँ रणनीति : आफूबाहेकको संवैधानिक इजलास तोके - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

प्रधानन्यायाधीशको नयाँ रणनीति : आफूबाहेकको संवैधानिक इजलास तोके



काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूसँग लफडा परेको बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिहीबार आफूबाहेकको संवैधानिक इजलास तोकेका छन् ।

न्यायाधीशहरूले गएको सोमबारदेखि इजलास बहिस्कार गरेपछि उनले विगतमा प्रश्न उठाइएको संवैधानिक इजलासमा आफूबाहेकलाई तोकेर नयाँ प्रयोग गरेका छन् । प्रधानन्यायाधीश वा कायममुकायम प्रधानन्यायाधीश बसेर संवैधानिक इजलास चलाइए पनि वरिष्ठतम न्यायाधीशको नेतृत्वमा अहिलेसम्म संवैधिानक इजलास चलेको छैन ।

प्रधानन्यायाधीश जबराले आज वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, हरिप्रसाद फुयाल र डा. मनोजकुमार शर्मा रहेको संवैधानिक इजलास तोकेका छन् ।

प्रधानन्यायाधीशले यस्तो प्रयास गरे पनि न्यायाधीशहरू भने इजलासमा बस्ने मुडमा देखिँदैनन् ।