प्रधानन्यायाधीश जबराले भने: ओली सरकारका नियुक्ति र अध्यादेश संविधामसम्मत - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

प्रधानन्यायाधीश जबराले भने: ओली सरकारका नियुक्ति र अध्यादेश संविधामसम्मत



काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ओली सरकारले गरेका नियुक्ति र ल्याएका अध्यादेश संविधामसम्मत रहेको बताएका छन् । संवैधानिक परिषद सदस्यको हैसियतले सर्वोच्च अदालतमा लिखित जवाफ दिंदै उनले यस्तो दाबी गरेका हुन् ।

उनले संघीय संसद चालु अवस्थामा नभएको बेलामा सरकारले अध्यादेश जारी गर्न सक्ने भन्दै त्यसलाई गैरसंवैधानिक भन्न नमिल्ने आफ्नो दृष्टिकोण सार्वजनिक गरेका हुन् ।

राणाले ओली सरकारको सिफारिशमा गत पुसमा जारी भएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्तिलाई संविधानसम्मत भनेका छन् ।

लिखित जवाफमा प्रधानन्यायाधीश जबराले भनेका छन्, ‘संविधानका प्रावधानको अक्षरशः पालना गर्नु सबैको संवैधानिक कर्तव्य हुन्छ । संविधान बमोजिम जारी भएको अध्यादेशको सम्बन्धमा निवेदक (सापकोटा) ले उठाएका विषय संघीय संसदले विचार गर्न सक्ने र आवश्यक निर्णय दिन सक्ने हुँदा, संविधानसम्मत जारी भएको अध्यादेश बमोजिमका कार्यलाई गैरसंवैधानिक भयो भनी लिएको दाबी मनासिब छैन ।’

सभामुख अग्निप्रसाद सापकोटा र रिट निवेदक निशान्त बाबु खड्काले दर्ता गरेको रिट निवेदनको लिखित जवाफ पठाउने क्रममा उनले संवैधानिक परिषदका कामकारबाहीको बचाउ गरेका हुन् ।