सबै सँगै राजीनामा गरौँ र न्यायपरिषद् शुद्धीकरण गरौँ : प्रधानन्यायाधीश - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

सबै सँगै राजीनामा गरौँ र न्यायपरिषद् शुद्धीकरण गरौँ : प्रधानन्यायाधीश



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले कुर्सीमा बसेर काम गर्न बडो गाह्रो हुुने भएको बराएका छन् । कहिले सत्यको साक्षी बस्नुपर्ने कहिले असत्यको भन्दै न्याय क्षेत्र सुधार गर्न सबैको सहयोग चाहिने पनि बताएका छन् । न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

दोस्रो न्यायाधीशहरु कसरी नियुक्त हुन्छन् भन्ने विषय सबैलाई थाहा छ । त्यसमा समस्या छ । यो दुषित इतिहास कहाँबाट शुरु भएको भन्ने आफैँ बुझ्नुस, आफ्नै नियुक्तिको पृष्ठभूमि हेर्नुस् ?
उनले भनेका छन् ।

विगतमा आफू नियुक्त हुँदा स्वीकार्य हुने, तर मैले सिफारिस गर्दा गलत छ भने त्यो सिफारिस फिर्ता लिने आट म सँग छ । तर, त्यस्तै प्रक्रियाबाट नियुक्त भएका तपाईहरुले राजीनामा दिन सक्नुहुन्छ ? म आफै राजीनामा दिन्छु, सँगै राजीनामा दिएर सहयोग गर्न सक्नुहुन्छ ? आउनुस् सबै सँगै राजीनामा गरौँ या न्यायपरिषद् खराब छ, शुद्धीकरण गरौँ भनेर अभियान शुरु गर्न सक्नुहुन्छ ? सक्नुहुन्छ भने सामूहिक राजीनामा गरौँ त्यसको नेतृत्व म गर्छु उनले भनेका छन् । समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।