चन्दा सङ्कलन गरिरहेको अवस्थामा विप्लब समुहका इञ्जार्च पक्राउ - Himal Post Himal Post
  • ४ चैत्र २०८१, मंगलवार
  •      Tue Mar 18 2025
Logo

चन्दा सङ्कलन गरिरहेको अवस्थामा विप्लब समुहका इञ्जार्च पक्राउ



बर्दिया–बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाबाट नेत्रविक्रम चन्द समूहका क्षेत्रीय इञ्जार्च शक्ति भनिने विष्णु परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ गरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए । उनलाई चन्दा सङ्कलन गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।