दिनमा तीन कपभन्दा बढि चिया पिउनुहुन्छ भने यो खबर तपाईंकै लागि - Himal Post Himal Post
  • १३ माघ २०८२, सोमबार
  •      Mon Jan 26 2026
Logo

दिनमा तीन कपभन्दा बढि चिया पिउनुहुन्छ भने यो खबर तपाईंकै लागि



२२ असोज,यूनिभर्सिटी अफ ग्लासगोको अनुसन्धान अनुसार एक दिनमा तीन कपभन्दा बढि चिया पिउनु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । डाइटिसियन डा. अलका दुबेकेका अनुसार चियामा क्याफिनका साथै विभिन्न पोषक तत्व पाइन्छ जसको अत्यधिक सेवनले शरिरमा नकारात्मक असर पुर्याउने गर्दछ । त्यसकारण धेरै चिया पिउनेहरुले यसको मात्रामा कमी गर्नुपर्छ । डा. दुबेले धेरै चिया पिउँदा हुने नोक्सानीबारे जानकारी दिएका छन् ।

(स्रोतः यूरोपियन जर्नल अफ क्लिनिकल न्यूट्रिशनको अनुसन्धान)

१. चियामा क्याफिन हुन्छ ।

नोक्सानीः धेरै चिया पिउँदा डर लाग्ने र अस्थिर हुने समस्या देखिन्छ ।

२. चियामा ट्यानिन, टायलिन हुन्छ ।

नोक्सानीः अपचको समस्या निम्तिने गर्दछ । पेटको समस्या बढ्न सक्छ ।

३. चियामा फ्लोराइडको मात्रा धेरै हुन्छ ।

नोक्सानीः यसले हड्डी कमजोर हुने गर्दछ । (न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनको सोध)

४. चियामा फाइटोकेमिकल्स हुन्छ ।

नोक्सानीः धेरै चिया पिउँदा निन्द्रा नलाग्ने समस्या हुनसक्छ ।

५. चियामा पाइने क्याफेनले लत लाग्ने गर्दछ ।

नोक्सानीः चिया खाने बानी लागेकाहरुलाई समयमा चिया नपाउँदा टाउको दुख्ने, थकान, सुस्त अनुभव हुने गर्दछ ।

६. धेरै तातो चिया पिउँदा मुखलाई पेटसँग जोड्ने नली खराब हुने गर्दछ ।

नोक्सानीः यसले क्यान्सरको खतरा निम्त्याउन सक्छ । (ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित शोध अनुसार)

७. पाँच कपभन्दा बढि चिया पिउनेहरुको पिसाब ४ सय–५ सय प्रतिशत बढ्ने गर्दछ ।

नोक्सानीः यसले मृगौलामा धेरै दबाब पर्दछ र मृगौलामा समस्या हुनसक्छ ।

८. धेरै चिया पिउँदा बारम्बार पिसाब लाग्दछः

नोक्सानीः छिटो छिटो पिसाब लाग्दा सोडियम, पोटासियमजस्ता शरिरका लागि अत्यावश्यक तत्व पनि बाहिर निस्कने गर्दछ र कमजोरी बढ्ने गर्दछ ।

९. चियामा हुने क्याफिनका कारण छिटो छिटो पिसाब लाग्दछ ।

नोक्सानीः यसले शरिरको पानी बाहिर निस्कने गर्दछ र डिहाइड्रेसनको समस्या हुनसक्छ ।

१०. यसमा एल्युमिनियमजस्ता थुप्रै टक्सिन पाइन्छ ।

नोक्सानीः यसले छालाको समस्या जस्तै डण्डीफोर र डाबरको समस्या हुनसक्छ ।