चितवनमा नयाँ शक्तिका नेतामाथि यसरी लगाईयो डोजर ! (भिडियोसहित)
काठमाडौँ । चितवन क्षेत्र नम्बर ३ प्रदेशसभा खबाट उम्मेदवार बनेका नयाँ शक्ति नेपालका नेता तुलाराम विश्वकर्मालाई दुव्र्यबहार भएको छ ।भरतपुर महानगरपालिका २१ कालिकाचोकमा उनीमाथि सडक निर्माण कम्पनीले डोजर आक्रमण गरी उनलाई घाइते बनाएका हुन् ।
बाटो विस्तार समितिले आफूलाई जानकारी नै नदिई सडक चौडा गर्ने नाममा डोजर लगाउन आएपछि बुझ्न पुगेका उनलाई डोजर लगाएको बताइएको छ ।
‘हामीलाई जानकारी नदिइ हाम्रो जग्गामा डोजर लगाउन थालियो । मैले बुझ्नका लागि डोजर भएतिर जाँदा मलाई उचाल्ने र पछार्ने कार्य गरियो,’ तुलारामले दियोपोस्टसँग भने, ‘शरीरमा गम्भीर चोटपटक लागेको छ । प्रहरीले समेत मेरो मुद्दा लिन मानेको छैन ।’
उनलाई डोजर लगाउँदै गर्दा उनको श्रीमती भने ठुलो स्वरले चित्कार्दै गरेको भिडियोमा देख्न सकिन्छ ।
यता बाटाे विस्तार समितिका अध्यक्ष मनोज पुडासैनीले भने आफूहरूले त्यस्तो दुव्र्यबहार नगरेको बताए ।
रोयल बिल्डर्स कम्पनीको डोजरले आफूमाथि आक्रमण गरिएको तुलारामले बताए ।
दियो पोस्टको सहयोगमा