चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु



चितवन- चितवनमा आज (शनिवार) थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलालीको गोदावरी नगरपालिका ७ का ५० बर्षिय पुरुषको विहान ९ बजे भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको अस्तपाल स्रोतले जनाएको छ ।

उनि क्यान्सरका विरामी थिए । चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहिबार राती कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो ।

हिजो दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि र उनलाई आइसोलेशन वार्डबाट आइसियूमा सारिएको अस्पतालले बताएको छ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या २८ पुगेको छ भने चितवनमा मात्रै २ पुगेको छ । यसअघि भरतपुर महानगरपालिका ११ का कोरोना संक्रमितको मृत्यु भएको थियो ।