चितवनमा एक कोरोना संक्रमितको मृत्यु
चितवन- चितवनको भरतपुर अस्पतालको आईसीयूमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
सोमबार साँझ नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सारिएका एक संक्रमितको मृत्यु भएको हो ।
उनको आज (मंगलबार) विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु अस्पतालले जनाएको छ । उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ । शवको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा आवश्यक छलफल शुरु हुँदै गरेको स्रोतले जानकारी दिएको छ ।
भरतपुर महानगरपालिका–११ का ६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मुट र निमोनियाको समस्या रहेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयको अनुमति विना नै क्रिटिकल अवस्थाका बिरामीलाई सारेको भन्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आपत्ति जनाएका छन् । नारायणी सामुदायिक अस्पतालले सामान्य अक्सिजनको भरमा बिरामीलाई भरतपुर अस्पतालको आईसीयूमा सारेको थियो ।