चितवन पुग्दा प्रभु शाहलाई लाज लागेपछि… - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

चितवन पुग्दा प्रभु शाहलाई लाज लागेपछि…



चितवन । नेकपा (एमाले)का नेता प्रभु साहले युद्धका बेला आफूहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिएको भए पनि अहिले सम्झेर लाज लाग्ने बताएका छन् ।

मंगलबार चितवनको माडीमा आयोजित एमालेको कार्यक्रममा साहले अहिले प्रचण्ड पहिले जस्तो नभएको आरोप लगाए । ‘हामीलाई पनि लाज हुन्छ हामी किन यस्ताका पछि लागेछौं,’ उनले भने, ‘चुनाव लड्दा कम्युनिष्टका लागि भन्दै भोट माग्नुभयो, त्यसमा पाँच वर्ष पनि टिक्नु भएन ।’

‘भरतपुर काण्ड’ चितवनका लागि धब्बा भएको भन्दै त्यो मेटाउन जरुरी रहेको बताए । उनले अहिले पनि असली माओवादी एमालेमै रहेको दावी गरे।