चितवनकाे विकास गर्ने संकल्प लिएर अाएकाे छु :प्रचण्ड - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

चितवनकाे विकास गर्ने संकल्प लिएर अाएकाे छु :प्रचण्ड



भरतपुर,  मंसीर १ ।

सधैंकाे मर्निङ वाकझैं बिहीबार बिहान पनि माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड शिवनगरबाट मर्निङ वाकका लागि निस्के। भरतपुर-२१ काे माइली चाेकमा कांग्रेस पार्टी कार्यालयमा नेता-कार्यकर्ता व्यस्त थिए। उनीहरुले प्रचण्डलाई बाेलाए र प्रचण्ड कांग्रेस कार्यालय पुगे।

कांग्रेस कार्यकर्ताले प्रचण्डकाे भव्य स्वागत गरे। त्यसपछि चिया गफ सुरु भयाे।

कांग्रेस कार्यकर्ताले भने, “तपाईं चितवनका लागि चाहिने नेता हाे। धेरै नेतालाई जिताइयाे। तर, चितवनकाे विकासका लागि कसैले केही गरेनन्। अन्तिम अाशा हजुरकै छ, अब चितवनमा केही हुन्छ कि भन्ने अाशा जागेकाे छ।”

अर्का कार्यकर्ताले थपे, “हामी हजुरकै अभियानमा हिड्थ्याैं, अलि ढिलाे अाउनुभयाे। तैपनि हाम्राे ठाउँबाट हामी के गर्नुपर्छ गर्छौं। हजुरले चितवनमा जित्नैपर्छ।”

सबैका कुरा सुनेपछि चियाकाे सुर्की लिँदै प्रचण्डले भने, “हिजाे राजतन्त्र थियाे, सामन्तीतन्त्र थियाे। राजनीतिक लडाई मूख्य थियाे। अब अान्दाेलन गर्नु छैन, राजनीतिक लडाई गर्नु छैन। अबकाे लडाई समृद्धिकाे हाे, विकासकाे हाे। चितवनकाे विकास गर्ने संकल्प लिएर अाएकाे छु, त्यसमा तपाईहरुकाे साथ चाहिन्छ।” यसाे भनिरहँदा प्रचण्डकाे भनाईमा सबैले सहमति जनाए।