महाधिवेशनमा चितवन हिंडेका भीम आचार्यलाई कोरोना संक्रमण - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

महाधिवेशनमा चितवन हिंडेका भीम आचार्यलाई कोरोना संक्रमण



काठमाडौं- पार्टीको महाधिवेशनमा भाग लिन चितवन हिंडेका नेकपा एमालेका सचिव भीम आचार्यलाई कोरोना संक्रमण भएको छ।

पार्टीको महाधिवेशनमा भाग लिन हिजो चितवन जाने क्रममा उच्च ज्वरो आएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको आचार्यले फेसबुकमा लेखेका छन्।

उनले पार्टीको १०औं महाधिवेशनलाई सफलताका साथ सम्पन्न गर्न शुभकामना दिएका छन्। उनले सक्षम र एकताबद्ध नेतृत्व आवश्यक रहेको समेत जनाएका छन्।

‘हिजो म चितवन आउने क्रममा काठमाडौं एयरपोर्टबाट ज्वरो आउन सुरु गरेको र आज बिहान गरेको स्वाब परीक्षणमा कोभिड पोजिटिभ देखिएको छ। यही कारणले म आज उद्घाटन समारोहमा उपस्थित हुन नसक्ने दुर्भाग्यपूर्ण अवस्था सिर्जना भयो’ आचार्यले लेखेका छन्, ‘पार्टीको दसौं महाधिवेशनको उद्घाटन समारोह भव्यताका साथ सफल बनाउनु हुने सम्पूर्ण नेता÷कार्यकर्ता र जनसमुदायलाई हार्दिक बधाइ ज्ञापन गर्दछु। अब हाम्रो सामुन्ने पार्टीको सक्षम र एकताबद्ध नेतृत्व निर्माण गर्नुपर्ने अपरिहार्य आवश्यकता छ।’