चितवन कांग्रेसले रोकेर रोकिँदैन, केन्द्रबाटै गठबन्धन हुन्छ: प्रचण्ड - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

चितवन कांग्रेसले रोकेर रोकिँदैन, केन्द्रबाटै गठबन्धन हुन्छ: प्रचण्ड



काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी तीनै तह चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी गरेका छन्।

आज गृह जिल्ला चितवन पुगेका प्रचण्डले स्थानीय तहको चुनावमा पनि केन्द्रबाट नै गठबन्धन हुने बताए। उनले चुनावी गठबन्धनको विषयमा चितवन कांग्रेसले भनेर केही नहुने दाबी पनि गरे। चुनावमा एक्लै लड्ने दाबीका साथ कार्यकर्तालाई निर्देशन दिँदै हिँडेका प्रचण्डले भने आज यस्तो धारणा राखेका हुन्।

‘गठबन्धन त भइरहेकै छ, नि। अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघीय चुनावसम्म पनि रहन्छ’, उनले भने। चितवनमा कांग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने सञ्चारकर्मी प्रश्नमा उनले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन।’

प्रचण्ड आज चितवनको माडीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन चितवन पुगेका हुन्।