चितवनका तीनवटै वडा काङ्ग्रेसको कब्जामा: प्रचण्ड र रेणुको दाल गलेन - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

चितवनका तीनवटै वडा काङ्ग्रेसको कब्जामा: प्रचण्ड र रेणुको दाल गलेन



काठमाडौं । उपनिर्वाचन सकिएलगत्तै आएको परिणाममा नेकपाले ठुलो संख्यामा जित्ने देखिएपनि प्रचण्ड र उनकी छोरीको क्षेत्रमा भने निकै कमजोर बन्नु परेको छ । प्रचण्डको गृह जिल्लाका तीन क्षेत्रमै नेकपाले हार बेहोर्नुपरेको छ ।

खैरहनी नगरपालिकाका दुई वटा वडा र भरतपुर महानगरपालिकाको एउटा वडामा नेकपाले हारेको छ ।

रेणु दाहाल मेयर निर्वाचित भएको भरतपुर महानगरपालिका–१६ मा नेपाली काङ्ग्रेसका उमेदवार अमृतराज हमाल निर्वाचित भएका छन् ।

चितवनकै खैरहनी–५ मा काङ्ग्रेसकै प्रतीमा कार्की निर्वाचित भएकी छन् । कार्कीले नेकपाका उमेदवार पुननारायण प्रधानलाई ८६ मतान्तरमा पराजित गरिन् ।

खैरहनी नगरपालिका–४ नम्बर वडाको उपनिर्वाचनमा पनि काङ्ग्रेसकै उमेदवार देवबहादुर बस्नेत विजयी भए । उनले १ हजार १३८ मत ल्याएर नेकपाका बेदबहादुर अधिकारीलाई पराजित गरे । अधिकारीले ९८६ मत प्राप्त गरे ।

यससंगै चितवन काङ्ग्रेसले आफ्नो उपस्थिति अझै पनि कम नभएको सन्देश दिएको छ । प्रचण्ड स्वयंलाई पनि यो निकै चुनौती बनेको छ ।