चितवनमा बड्फ्लू, धमाधम मरे कुखुरा
चितवन – रत्ननगर नगरपालिका १५ माधवपुरस्थित लामिछाने कुखुरा फार्ममा एक सातामा तीन हजार सात सय भन्दा बढी कुखुरा मरेका छन् ।
त्यहाँ पालिएका पाँच हजार एक सय लोमेज जातको लेयर्स कुखुरामध्ये बिहीबार साँझसम्म चारवटा खोरका तीन हजार सात सय मरेका हुन् ।
चैत १५ गते बेलुका हावाहुरी अएपछि कुखुरा मर्न थालेको लामिछानेले बताए ।
त्यस दिन तीनवटा मरेका थिए, उनले भने, भोलिपल्ट पनि कुखुरा झोक्राउने र मर्ने क्रम रोकिएन ।
१६ गते बिहान खोरमा जाँदा १४ वटा मरेको देखेपछि कुखुरा परीक्षण गराउन नमूना लिएर कोन्द्रीय पंक्षी रोग अन्वेशण प्रयोगशाला भरतपुर गएको लामिछानेले बताए ।
प्रयोगशालाले दिएको रिपोर्टमा एआइभी पोजेटिभ देखिएको उल्लेख छ । कुन रोग लागेको भन्ने यकिन गर्न थप परीक्षणका लागि काठमाडौं पठाइदिने भेपछि अमृत घर फर्किए ।
कुखुरा मर्ने खर बढ्दै गएपछि चैत २० मा फेरी कुखुराको नमुना लिएर उनी प्रयोगशाला गए । त्यस दिनको रिपोर्टमा पनि एआइभी पोजेटिभ पाइयो ।
त्यतिखेर करिब एक हजार पाँच सय कुखुरा मरिसकेको थिए । उनले भने, त्यसपछि मात्र थप जाँचको लागि नमूना काठमाडौं पठाइयो, अहिलेसम्म रिपोर्ट आएको छैन ।
अचानक धेरै कुखुरा मर्नुले फार्मका कुखुरामा बर्डफ्लूको संक्रमण भएको आशंका लामिछानेको छ । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।