प्रचण्डको जिल्लाबाट ९ जना केन्द्रीय समितिमा - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

प्रचण्डको जिल्लाबाट ९ जना केन्द्रीय समितिमा



काठमाडौं- माओवादी केन्द्रको आठौँ महाधिवेशन सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरूको नाम घोषणा गरेपछि महाधिवेशन सकिएको हो ।

हाल घोषणा गरिएको केन्द्रीय सदस्यमा प्रचण्डको गृहजिल्ला चितवनबाट ९ जना निर्वाचित भएका छन् । सो पार्टीको आठौं महाधिवेशनमा चितवन जिल्लाबाट प्रतिनिधित्व गर्दै पुष्पकमल दाहाल प्रचण्डसहित ९ जना केन्द्रीय समितिमा निर्वाचित भएका हुन् ।

निर्वाचित हुने अन्य केन्द्रीय सदस्यहरूमा नारायण दाहाल, सुर्य सुवेदी, रेनु दाहाल, ज्ञानु बस्नेत सुवेदी, ईश्वरी भट्टराई, यमबहादुर परियार, सन्तु दराई र गंगा बेलबासे रहेका छन् ।