चित्र बहादुरकाे खुलासा: संघीयताको विरोध नगर्न १० करोड अफर ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

चित्र बहादुरकाे खुलासा: संघीयताको विरोध नगर्न १० करोड अफर !



धनगढी – राट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले संघीयताको विरोध नगर्न भन्दै आफूलाई १० करोड रुपैयाँको लोभ देखाइएको बिषेश खुलासा गरेका छन् । जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टका बुबा नन्दलाल भट्टको ११ औँ दिनको पूण्यतिथिमा धनगढीमा आयोजित श्रद्धांजलि सभामा बोल्दै केसीले यस्तो बताएका हुन् ।

‘पार्टी सानो छ । कसरी चलाउछौँ पार्टी ? संघीयताको विरोध नगर, पार्टी चलाउनका लागि सहयोग हुन्छ भन्दै १० करोड दिन्छु भनेका थिए ।’ उनले भने, ‘तर, पहिले त्यसो भन्नेहरू अहिले पछुताउदैछन । ठिकै भनेको रहेछन भन्दैछन ।’

संघीयताको विरोध नगर्न प्रलोभन देखाइएको बताए पनि उनले कसले प्रलोभन देखायो भन्ने कुरा खोलेनन् ।

‘संघीयता टिक्दैन, खारेज गरौँ

यस्तै धनगढीमा शुक्रवार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केसीले अधिकांश समय संघीयताको विरोधमै खर्च गरे ।

उनले भने, ‘तिथि मिति र भविष्यवाणी त गर्न सकिँदैन । हेर्दै जानुस, संघीयता टिक्दैन, टिक्दै टिक्दैन । हामीले कुनै आग्रह पूर्वाग्रहमा संघीयताको विरोध गर्दै आएका होइनौँ । हिसाब किताब गरेर मात्रै विरोध गर्दै आएका छौँ ।’

संघीयताको कडा आलोचना गरेका पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले संघीयता नेपाल जस्तो देशले धान्नै नसक्ने जिकिर गर्दै यसलाई खारेज गर्नुपर्ने बताए ।

केसीले प्रश्न गरे, ‘संघीयता चलाउन अवैज्ञानिक कर लगाएर हुन्छ ? एउटा सरकार पाल्न नसक्ने हाम्रो अर्थतन्त्रले कसरी सात सात वटा सरकार पाल्छ ?’ पत्रकार सम्मेलनमा संघीयता विरोधको भाषण गर्दा गर्दै केसीले नयाँ प्रस्ताव समेत अगाडि सारे । प्रदेश सरकार खारेज गरेर स्थानीय तहलाई बलियो र शक्तिशाली बनाउनुपर्ने उनको प्रस्ताव थियो ।

उनले प्रदेश सरकारलाई खारेज गर्दै केन्द्रीकृत नभई प्रजातान्त्रिक विकेन्द्रिकरणको आधारमा देशलाई सञ्चालन गर्नुपर्ने धारणा राखे ।