चित्रवहादुरले गरे गठबन्धन टुट्ने संकेत, भने: 'गठबन्धन भन्दा राष्ट्रियता ठूलो' - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

चित्रवहादुरले गरे गठबन्धन टुट्ने संकेत, भने: ‘गठबन्धन भन्दा राष्ट्रियता ठूलो’



दाङ- सत्ता गठबन्धन भित्रकै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले गठबन्धन टुट्ने संकेत गरेका छन् । दाङमा आयोजित एक कार्यक्रममा उनले एमसीसीकै कारण गठबन्धन टुट्न सक्ने बताएका हुन् ।

राष्ट्रिय जनमोर्चा लमही नगर कमिटीले बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले गठबन्धनभन्दा राष्ट्रियता ठूलो भएको भन्दै राष्ट्रमाथि घात गर्न नसकिने बताएका छन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) ल्याउने शर्तमा सत्तारुढ गठबन्धनलाई निरन्तरता दिन नसक्ने उनले घोषणा गरेका छन् ।

‘नेपाली कांग्रेस गठबन्धन कायम राख्नुपर्छ भन्नेमा लागि परेको छ’ उनले भने, ‘त्यही गठबन्धनको आडमा एमसीसी आउन प्रयास भइरहेको छ । कुनैपनि हालतमा एमसीसी पास हुदैन ।’

फरक प्रसंगमा केसीले एमालेले पनि देशलाई ठुलो खतरामा धकेलेको बताएका छन् । अध्यक्ष केसीले संसद अवरुद्ध गरेर जनताको आवाज बोल्ने थलो बन्द गर्नु राम्रो संकेत नभएको बताए ।

संसद लामो समय अवरुद्ध हुँदा प्राप्त उपलब्धी गुम्ने खतरा रहेको उल्लेख गरे ।