एमालेबाट सैनामैनामा चित्रबहादुर कार्की, तिलोत्तमामा मोहन चापागाईं उम्मेदवार - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

एमालेबाट सैनामैनामा चित्रबहादुर कार्की, तिलोत्तमामा मोहन चापागाईं उम्मेदवार



बुटवल — नेकपा एमालेले रूपन्देहीका उपमहानगर र नगरपालिकामा उम्मेदवार चयन गरेको छ । त्यसमध्ये केहीमा नयाँ अनुहार छन् भने केहीमा दोहोरिएका छन् । बुटवल उपमहानगरमा प्रमुखमा बाबुराम भट्टराई र उपप्रमुखमा सावित्रा अर्याल चयन भएका छन् । उनीहरू दुवै नयाँ अनुहार हुन् ।

सैनामैनामा प्रमुख चित्रबहादुर कार्की र उपप्रमुखमा बिना मगर दुवैले पुनः उम्मेदवारी दिएका छन् । तिलोत्तमामा प्रमुख मोहन चापागाईं र उपप्रमुखमा जगेश्वरीदेवी चौधरी चयन भएका छन् । चौधरीले उपप्रमुख पद दोहोर्‍याएकी हुन् ।

देवदह नगरपालिकामा प्रमुखमा ध्रुव खरेल र उपप्रमुखमा विद्यालक्ष्मी गुरुङ चयन भएका छन् । उपप्रमुखले यहाँ पनि पद दोहोर्‍याएकी हुन् । सिद्धार्थनगर नगरपालिकामा प्रमुखमा रामप्रसाद बस्याल र उपप्रमुखमा उमा अधिकारी चयन भएका छन् । यस नगरमा दुवै उम्मेदवार नयाँ हुन् ।

१६ स्थानीय तह भएको रुपन्देहीमा १० वटा गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाको उम्मेदवारी भने टुंग्याउन बाँकी छ । नेतृत्व तहले उम्मेदवारी टुंग्याए पनि स्थानीय स्तरमा समस्या देखिएपछि सार्वजनिक नगरिएको एक नेताले बताए ।