चित्रबहादुर केसीले भने प्रदेश २ का मुख्यमन्त्री राउत दलाली हुन् - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

चित्रबहादुर केसीले भने प्रदेश २ का मुख्यमन्त्री राउत दलाली हुन्



काठमाण्डौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफूले संघीयता स्वीकार नगरेको दावी गरेका छन् ।

नेपाली रेडियो नेतवर्कको कार्यक्रम नेपाली बहस मा ऋषि धमलासँग कुरा गर्दै केसीले विगतमा पनि आफूले संघीयताको विरोध गरेको र अहिले पनि विरोध नै गरिरहेको स्पष्ट पारेका हुन् ।

प्रशासनिक इकाइको रुपमा प्रदेश राख्नुपर्छ भन्ने आफ्नो मान्यता रहे पनि अहिलेको जस्तो संरचना देशका लागि उचित नहुने केसीको जिकिर छ ।

File Photo

आफूले गण्डकी र कर्णाली जस्ता नाम राख्नुपर्छ, जातियता र क्षेत्रीयताका आधारमा प्रदेश बनाउनुहुँदैन भनेर प्रस्ताव गरेको उनको दावी छ ।

अहिले प्रदेशका नाम त्यसैगरी राखिएकोमा केसीले खुशी व्यक्त गरे । तर संघीयता खारेज हुनुको विकल्प नभएको केसीको जिकिर छ ।

केही दिनअघि प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले केसीलाई संघीयता विरोधी नेता भन्दै आलोचना गरेका थिए । केसीले भने लालबाबु राउतले संघीयताको विषयमा केही पनि नजानेको भन्दै खिल्ली उँडाए ।

“नेपालको संविधान जारी गर्ने सन्दर्भमा चित्रबहादुरको भूमिका के रह्यो? लालबाबुको भूमिका के रह्यो ? त्यो सबै नेपाली जनताले जानेका छन् ।” केसीले भने ।

राउत साम्राज्यवादी र विस्तारवादीको दलाली भएको केसीको आरोप छ । राष्ट्रियता र सार्वभौमिकताको रक्षा नचाहनेहरुले जे जस्ता तर्क गरे पनि आफूलाई कुनै फरक नपर्ने केसीले बताए ।